हिब्रू 8:5 - पवित्र बाइबल5 वास्तवमा पूजाहारीहरूले गरेको सेवा त केवल स्वर्गमा भएका कुराहरूको नवकल र छायाँ मात्र हुन्। त्यसैकारण मोशाले जब पवित्र तम्बू तान्दै थिए परमेश्वरले उनलाई चेतावनी दिनुभयो, “याद गर तिमीले हरेक कुरो त्यसै अनुसार बनाउनु जुन तिमीलाई मैले पहाडमा देखाएँ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्वरको यस्तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू।” See the chapterसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले गर्ने काम स्वर्गमा भएको साँचो कुराको नकल र छायाँ मात्र हो। मोशालाई पनि यस्तै गर्न अह्राइएको थियो, जसले पवित्र पाल बनाउन लाग्दा परमेश्वरले उनलाई यसो भन्नुभएको थियो, “हेर, तँलाई पहाडमा देखाइएको नमुनाजस्तै सबै कुरा बनाउनू।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले एउटा पवित्रस्थानमा सेवा गर्दछन्, जुनचाहिँ स्वर्गमा भएका कुराको नक्कल र छाया मात्र हुन्। यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा तिनलाई यसरी चेतावनी दिइएको थियो: “हेर, तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार नै हरेक कुरा बनाउनू।” See the chapter |