हिब्रू 2:3 - पवित्र बाइबल3 हामीलाई दिइएको उद्धार धेरै महान् हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गरर्यौ भने हामी दण्डबाट कसरी उम्कन सकौंला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँच्चो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तब हामीले यति महान् मुक्तिको वास्ता राखेनौं भने हामी कसरी उम्कौंला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो, र उहाँको वचन सुन्नेहरूद्वारा हाम्रा निम्ति पक्का साबित गरियो। See the chapterसरल नेपाली पवित्र बाइबल3 यति ठूलो मुक्तिलाई नै वास्ता गरेनौं भने झन् कसरी हामी उम्कौंला र? यो मुक्ति पहिले प्रभुले नै प्रचार गर्नुभयो। उहाँको प्रचार सुन्नेहरूले यो सत्य हो भनी हामीलाई प्रमाण दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हामीले त झन् यति महान् मुक्तिको वास्ता राखेनौँ भने हामी कसरी उम्कौँला त? यो त्यही मुक्ति थियो, जसलाई पहिले प्रभुले घोषणा गर्नुभयो र उहाँलाई सुन्नेहरूले हाम्रा निम्ति यसको पुष्टि गरिदिए। See the chapter |