उत्पत्ति 9:5 - पवित्र बाइबल5 अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्नो दाजुभाइका प्राणको साटो म लिनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल5 कसैले मानिसको प्राण लियो भने त्यसले दण्ड पाउनेछ। कुनै पशुले मानिसको प्राण लियो भने म त्यसलाई पनि मार्नेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु। See the chapter |