उत्पत्ति 47:9 - पवित्र बाइबल9 याकूबले फिरऊनलाई भने, “मेरो जीवन छोटो अनि दुःखले भरिएको छ। म केवल एक सय तीस बर्ष पुगेको छु। यो मेरा पुर्खाहरूसित तुलना गर्दा केही होइन जब तिनीहरू यस धर्तीमा बाँचेका थिए।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 याकूबले भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तीस वर्ष भयो। मेरो यस जीवनका वर्षहरू त थोरै र दु:खमय भएका छन्, हजूर। मेरा पिता-पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्यति त अहिले मेरो पुगेकै छैन।” See the chapterसरल नेपाली पवित्र बाइबल9 याकूबले उत्तर दिए, “मेरो परदेशी जीवन एक सय तीस वर्ष पुगेको छ। मेरा परदेशी बाजे-बराजुको उमेरभन्दा मेरो उमेर थोरै र कष्टले भरिएको छ, हजुर!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याकोबले फारोलाई भने, “मेरा प्रवासकालका वर्षहरू एक सय तीस हुन्। मेरा वर्षहरू थोरै र कष्टपूर्ण रहेका छन्; तर ती मेरा पुर्खाहरूका प्रवासकालका वर्षहरू जति भने होइनन्।” See the chapter |