उत्पत्ति 29:3 - पवित्र बाइबल3 जब सबै भेंडाहरू त्यहाँ भेला हुन्थे गोठालाहरूले त्यो कूवा माथिको ढुङ्गा पल्टाई दिन्थे। त्यसपछि सबै भेंडाहरूले पानी खान्थे र फेरि ती गोठालाहरूले त्यो ढुङ्गाले कूवा छोपिदिन्थे। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 जब सबै बगालहरू त्यहाँ जम्मा हुन्थे, तब गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुड़ाएर भेड़ाहरूलाई पानी खान दिन्थे। त्यसपछि तिनीहरूले इनारको मुखमा फेरि त्यो ढुङ्गा राखिदिन्थे। See the chapterसरल नेपाली पवित्र बाइबल3 सबै भेडाका बथानहरू त्यहाँ आएपछि गोठालाहरूले त्यो ढुङ्गा पल्टाउँथे र भेडालाई पानी खुवाउँथे। त्यसपछि तिनीहरूले ढुङ्गा फेरि त्यसकै ठाउँमा राखिदिन्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब सबै बगालहरू त्यहाँ भेला हुन्थे; गोठालाहरूले इनारको मुखबाट ढुङ्गा हटाइदिन्थे, र भेडाहरूलाई पानी पियाउँथे। त्यसपछि तिनीहरूले त्यस ढुङ्गालाई फेरि गुडाउँदै ल्याएर इनारको मुख छोपिदिन्थे। See the chapter |