गलाती 2:9 - पवित्र बाइबल9 याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 याकूब, केफास र यूहन्ना, जो मण्डलीका खम्बाहरू थिए, तिनीहरूले ममाथि भएको अनुग्रह थाहा पाएपछि मलाई र बारनाबासलाई सङ्गतिको दाहिने हात दिए। हामी अन्यजातिहरूकहाँ जाने र उनीहरूचाहिँ खतनाकाहरूकहाँ जाने भन्ने निश्चय गरे। See the chapterसरल नेपाली पवित्र बाइबल9 यो मेरो लागि परमेश्वरको ठूलो अनुग्रह हो। यस कुरालाई याकूब, पत्रुस र यूहन्नाजस्ता अगुवाहरूले पनि मानेका छन्। यसकारण उनीहरूले बारनाबास र मलाई हात मिलाउँदै आफ्नो संगतिमा लिए। हामीचाहिँ अरू जातिका बीचमा काम गर्ने भयौं अनि उनीहरूचाहिँ इस्राएलीहरूका बीचमा काम गर्ने भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मण्डलीका खम्बाहरू कहलिएका याकोब, पत्रुस र यूहन्नाले मलाई दिइएको अनुग्रहबारे थाहा पाएपछि बारनाबास र मलाई सङ्गतिको दाहिने हात बनाए। तब उनीहरूले हामीचाहिँ गैरयहूदीहरूकहाँ जान र उनीहरूचाहिँ यहूदीहरूकहाँ जान भनी निश्चय गरे। See the chapter |