गलाती 2:4 - पवित्र बाइबल4 हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौं, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतंत्रता बुझ्न तिनीहरू जासूस बनेर पसेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 खतनाको यो कुरा उठ्यो, किनकि कति झूटा भाइहरू हाम्रो दलभित्र गुप्त रूपले पसिकन ख्रीष्टमा भएको हाम्रो स्वतन्त्रताको चेवा गरी हामीलाई बन्धनमा ल्याउन चाहन्थे। See the chapterसरल नेपाली पवित्र बाइबल4 तैपनि कति जना झूटा दाजुभाइहरू मण्डलीभित्र पसेर हामीले ख्रीष्टबाट पाएको छुटकाराको चियो गरे र हामीलाई व्यवस्थाको कमारो बनाउन खोजे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 खतनाको बारेमा कुरा उठेको थियो; किनकि कति झूटा विश्वासी भाइहरू हाम्रो समूहभित्र पसेर ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासुसी गरी हामीलाई यहूदी परम्पराको दास बनाउन चाहन्थे। See the chapter |