एस्तर 3:4 - पवित्र बाइबल4 जब तिनीहरूले दिनै पिच्छे तिनलाई भने तर तिनले तिनीहरूलाई उत्तर दिएनन्। तब तिनीहरूले मोर्दकैको चियो गर्न हामानलाई भने किनभने उसले हाम्राकुरा मान्छन् मान्दैन मोर्दकैलाई तिनी एक यहूदी हो भनेर तिनीहरूलाई भनेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 उनीहरूले उनलाई दिनदिनै त्यही कुरा भन्थे। तर उनले उनीहरूको कुरा सुन्दैनथे। मोर्दकैले इन्कार गरेको कुरा हामानले सहन्छ कि सहँदैन भनी बुझ्नलाई उनीहरूले हामानलाई यो कुरा जनाइदिए। किनभने “म एक यहूदी हुँ” भनी मोर्दकैले उनीहरूलाई भनिदिएका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल4 राजाका आज्ञापालन गर भनी दिनहुँ तिनीहरूले मोर्दकैलाई सम्झाउँथे; तर मोर्दकैले तिनीहरूका कुरा सुनेनन्। तिनी भन्थे, “म यहूदी हुँ। म हामानलाई दण्डवत् गर्न सक्दिनँ।” त्यो कुरा तिनीहरूले हामानलाई सुनाइदिए। मोर्दकैको व्यवहार हामानले सहने हुन् कि होइनन्, सो तिनीहरू बुझ्न चाहन्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले उनलाई दिनदिनै त्यही कुरा भन्थे, तर तिनले त्यो पालन गर्न अस्वीकार गरे। यसकारण तिनीहरूले मोर्दकैको व्यवहार स्वीकार्य छ कि छैन भनी, यस विषयमा हामानलाई भनिदिए; किनकि तिनले आफूलाई यहूदी भनेका थिए। See the chapter |