एस्तर 2:17 - पवित्र बाइबल17 अनि अन्य सबै कन्याहरूलाई भन्दा राजाले तिनलाई मन पराए। यसर्थ राजाले राजमुकुट एस्तरको शिरमा लगाइदिए अनि तिनले वश्तीको स्थानमा एस्तरलाई रानीको रूपमा शासन गर्ने अधिकार दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 राजालाई अरू सबै स्त्रीहरूभन्दा एस्तरलाई नै मन पर्यो। अनि राजाले अरू कन्ये-केटीहरूभन्दा तिनलाई निगाह र स्वीकृति देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए, र वश्तीको सट्टामा तिनलाई आफ्नी रानी तुल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल17 राजाले तिनलाई अरू सबै स्त्रीहरूभन्दा ज्यादा मन पराए। एस्तरले अरू स्त्रीभन्दा बढी दया र माया राजाबाट पाइन्। राजाले तिनको टाउकोमा राजमुकुट पहिराइदिए र तिनलाई वश्तीको सट्टामा रानी बनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 राजा अरू सबै स्त्रीहरूभन्दा एस्तरप्रति बढी आकर्षित भए; अनि तिनले अरू कन्याहरूले भन्दा बढी राजाको कृपा र निगाह पाइन्। यसकारण राजाले तिनको शिरमाथि राजसी मुकुट पहिराइदिए, र तिनलाई वश्तीको सट्टामा रानी तुल्याए। See the chapter |