एफिसी 3:6 - पवित्र बाइबल6 गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल6 त्यो रहस्यचाहिँ यही हो, अरू जातिका मानिसले पनि सुसमाचारद्वारा इस्राएलीले जस्तै परमेश्वरको आशिष्हरू पाउन सक्छन्। अरू जातिका मानिस पनि एउटै शरीरका अङ्ग हुन् र ख्रीष्ट येशूमा परमेश्वरले गर्नुभएको प्रतिज्ञाको भागिदार भएका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यो रहस्य के हो भने सुसमाचारमा विश्वास गरेर गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्छन्। See the chapter |