एफिसी 2:15 - पवित्र बाइबल15 यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुइ अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून्, र यसरी शान्ति स्थापना होस्। See the chapterसरल नेपाली पवित्र बाइबल15 उहाँले इस्राएली र अरू जातिका मानिसलाई मिलाउन र उहाँमा नयाँ जाति बनाउन उहाँकै आफ्नो शरीरमा व्यवस्था र यसका रीतिथितिलाई खारेज गर्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञा र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैँमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो। See the chapter |