उपदेशक 9:1 - पवित्र बाइबल1 मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखें, भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 यी सबै कुरामा मैले विचार गरें र यही निष्कर्षमा पुगें कि धर्मात्मा र बुद्धिमान्हरू र तिनीहरूले गर्ने गरेका सारा क्रियाकलाप परमेश्वरकै हातमा हुँदारहेछन्। तर कुनै मानिसले पनि आफूलाई प्रेम वा घृणा केले प्रतीक्षा गरिरहेको छ सो जान्दैन। See the chapterसरल नेपाली पवित्र बाइबल1 यी सबै कुरामा मैले लामो र खुब विचार गरें र देखें कि परमेश्वरले बुद्धिमान् र धर्मी मानिसका काम-कारवाइ, तिनीहरूका प्रेम र घृणा पनि उहाँका वशमा राख्नुहुन्छ। आफ्नो भविष्यमा के छ, त्यो कसैले जान्दैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण मैले यी सबै कुरामा सोचविचार गरेँ, र यो निष्कर्षमा पुगेँ: धर्मी र बुद्धिमान् र तिनका कामहरू परमेश्वरका हातमा छन्; तर कुनै पनि मानिसलाई प्रेम वा घृणा कुन चाहिँले त्यसलाई पर्खिराखेको हुन्छ भनेर थाहा हुँदैन। See the chapter |