उपदेशक 12:11 - पवित्र बाइबल11 ज्ञानी मानिसको शब्दहरू छरिता सिर्कना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दह्रिलो प्रकारले ठोकेको काँटीहरू झैं हुन्छन् ती एउटा गोठालाबाट आउँछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 बुद्धिमान्का वचनहरू गोठालाको लाठोझैँ छन्, र तिनीहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्लाहरूझैँ छन्, जो एउटै गोठालाबाट दिइएका हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल11 बुद्धिमान्का वचन गोठालाहरूले भेडालाई बाटो देखाउने तिखा लौराझैँ हुन्छन् र सङ्ग्रह गरेका उखानहरू बलियो गरेर ठोकेका किलाझैँ हुन्छन्। हामी सबैका एउटै गोठालो परमेश्वरले ती दिनुभएको हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 बुद्धिमान्का वचनहरू गोठालोको लहुराजस्तै छन्। तिनीहरूले सङ्कलन गरेका भनाइहरू ठिकसित ठोकेका किलाझैँ छन्—ती एउटै गोठालोबाट प्राप्त भएका हुन्। See the chapter |