उपदेशक 10:20 - पवित्र बाइबल20 राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एक्लै किन नहोऊ, नराम्रो कुरै नगर। किनकि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदेला। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 आफ्नो सोचाइमा पनि राजाको निन्दा नगर, अथवा धनीलाई आफ्नो कोठामा नसराप। किनकि आकाशको पक्षीले तिम्रो कुरा लैजाला, र उड़िरहेको चराले तिमीले भनेको कुरा बताइदेला। See the chapterसरल नेपाली पवित्र बाइबल20 राजाको निन्दा नगर, यो मनमा पनि नसोच। सुत्ने कोठामा धनी मानिसलाई नसराप। चराले खबर लगेर तिम्रा कुरा तिनीहरूलाई सुनाइदेला। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 राजालाई आफ्ना मनमा समेत निन्दा नगर; अथवा आफ्ना सुत्ने कोठामा धनी मानिसलाई नसराप! किनकि आकाशका पक्षीले समेत तिमीले गरेका कुरा लगिदेला, र त्यो उड्ने पक्षीले तिमीले भनेका कुरा सुनाइदेला। See the chapter |