व्यवस्था 9:5 - पवित्र बाइबल5 तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूको धार्मिकता वा ईमानदारीको कारणले उनीहरूको देश अधिकार गर्न तिमीहरू प्रवेश गर्न लागेका होइनौ। तर यी जातिको दुष्टताले गर्दा तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्वरले यिनीहरूलाई तिमीहरूका सामुबाट निकाल्नुहुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल5 तिमीहरू असल छौ र जे ठीक छ सो गर्दछौ भनेर परमप्रभुले त्यो देश तिमीहरूलाई अधीन गर्न दिनुभएको होइन। तर तिनीहरू दुष्ट छन् र उहाँले तिम्रा पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्न चाहनुहुन्छ र नै तिनीहरूलाई धपाउनुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यो त तिमीहरूको धार्मिकता अथवा इमानदारीताको कारण तिमीहरूले तिनीहरूको देश अधिकार गर्न गइरहेका होइनौ: तर ती जातिहरूको दुष्टताको कारण याहवेहले तिमीहरूका पितापुर्खाहरू, अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको प्रतिज्ञा पूरा गर्नलाई उहाँले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाउनुहुनेछ। See the chapter |