व्यवस्था 9:28 - पवित्र बाइबल28 यदि तपाईंले तिनीहरूलाई सजाय दिनुभयो भने मिश्र देशवासीहरूले भन्ने छन्, “परमप्रभु आफूले दिनु भएको प्रतिज्ञा अनुसार तिनीहरूलाई भूमि दिनु सक्षम हुनु भएन। उहाँले तिनीहरूलाई घृणा गर्नु भयो र मार्नुको निम्ति मरुभूमिमा लैजानु भयो।” See the chapterनेपाली नयाँ संशोधित संस्करण28 नत्रता हामीलाई जुन देशबाट तपाईंले निकालेर ल्याउनुभयो त्यसले भन्ला, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशभित्र तिनीहरूलाई लैजान नसक्नुभएकोले र तिनीहरूलाई घृणा गर्नुभएकोले उहाँले तिनीहरूलाई उजाड़-स्थानमा मार्न लैजानुभयो।” See the chapterसरल नेपाली पवित्र बाइबल28 होइन भने तिनीहरूले भन्नेछन् कि तपाईंले आफ्ना प्रजालाई आफूले प्रतिज्ञा गरेको देशमा लैजान सक्नुभएन र तपाईंले आफ्ना मानिसहरूलाई उजाड-स्थानमा मार्न लैजानुभयो किनभने तपाईंले तिनीहरूलाई घिन गर्नुहुन्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 नत्रता तपाईंले हामीलाई निकालेर ल्याउनुभएको देशले यसो भन्नेछ, “याहवेहले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान सक्नुभएन। अनि उहाँले तिनीहरूलाई घृणा गर्नुभएको कारण तिनीहरूलाई उजाडस्थानमा मार्न भनी निकालेर ल्याउनुभयो। See the chapter |