व्यवस्था 2:9 - पवित्र बाइबल9 “परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तब परमप्रभुले मलाई भन्नुभयो, “मोआबलाई दु:ख-कष्ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्नँ, किनभने मैले आर सहर लोतका सन्तानको अधिकारमा दिएको छु।” See the chapterसरल नेपाली पवित्र बाइबल9 परमप्रभुले मलाई भन्नुभयो, ‘लोतका सन्तान मोआबका मानिसहरूलाई नचलाउनू, तिनीहरूसित लडाइँ सुरु नगर्नू। आर सहर मैले तिनीहरूलाई दिएको छु र तिनीहरूको कुनै पनि जग्गा-जमिन म तिमीहरूलाई दिनेछैनँ’।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब याहवेहले मलाई भन्नुभयो, “मोआबलाई दुःख-कष्ट नदिनू, अथवा तिनीहरूलाई लडाइँका निम्ति नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका जमिनको कुनै भागसमेत दिनेछैनँ। मैले लोतका सन्ततिलाई आर जमिन अधिकारको रूपमा दिएको छु।” See the chapter |