Online Bible

- Advertisements -




व्यवस्था 2:7 - पवित्र बाइबल

7 यो विशाल मरुभूमिमा तिमीहरू हिंडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित चालीस बर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ दिनुभएको छ। यस ठूलो उजाड़-स्‍थानको यात्राभरि उहाँले तिमीहरूको हेर-विचार गर्नुभएको छ। यी चालीस वर्षभरि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै रहनुभएको छ, र तिमीहरूलाई केही कुराको अभाव भएको छैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 “याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वरले कसरी तिमीहरूले गरेका हरेक काममा आशीर्वाद दिनुभएको छ। ठूलो उजाड-स्‍थानमा डुलिहिँड्दा उहाँले तिमीहरूको हेरविचार गर्नुभयो। यी बितेका चालीस वर्षभरि उहाँ तिमीहरूसित रहनुभएको छ र आफूलाई चाहिएको हरथोक तिमीहरूले पाएका छौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुभएको छ। यस विशाल उजाडस्थानबाट भएर जाने तिमीहरूका यात्रामा उहाँले तिमीहरूलाई हेरचाह गर्नुभएको छ। यी चालीस वर्षहरूमा याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहनुभएको छ। अनि तिमीहरूलाई कुनै पनि कुराको अभाव भएको छैन।

See the chapter Copy




व्यवस्था 2:7

Follow us:

Advertisements


Advertisements