Online Bible

- Advertisements -




व्यवस्था 15:2 - पवित्र बाइबल

2 तिमीहरूले यो यसरी गर्नु पर्छ। प्रत्येक मानिस जसले अर्को इस्राएलीलाई ऋण दिएको छ उसले त्यो ऋण माफ गर्नु पर्छ। उसले ऋण लिने अर्को इस्राएली भाइलाई ऋण तिर्न लाउनु हुँदैन। किनभने परमप्रभुले यस बर्ष ऋण माफ गर्ने आज्ञा दिनु भएको छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्‍नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्‌। त्‍यसले आफ्‍नो स्‍वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्‍य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यो यस प्रकारले गर्नू। ज-जसले आफ्‍ना सङ्गी इस्राएलीलाई पैसा ऋण दिएका छन्, तिनीहरूले ऋण छोडिदिनू, ती उठाउने काम नगर्नू। ती ऋण मेटिएका छन् भनी परमप्रभु आफैंले भन्‍नुभएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यो यस प्रकारले गरिनुपर्छ: हरेक ऋणदाताले आफ्नो सङ्गी इस्राएलीलाई दिएको ऋण माफी गरोस्। तिनीहरूले आफ्नो सङ्गी इस्राएलीबाट ऋण चुक्ता गर्न नलगाओस्। किनकि याहवेहको ऋण माफी गर्ने समयको घोषणा भइसकेको छ।

See the chapter Copy




व्यवस्था 15:2

Follow us:

Advertisements


Advertisements