Online Bible

- Advertisements -




दानिएल 9:27 - पवित्र बाइबल

27 “तब भविष्यका शासकले धेरै मानिसहरूसित सम्झौता गर्नेछ। यो एक हप्ता सम्म चल्नेछ। आधा हप्ता सम्मको निम्ति भेटी अनि बलिदानहरू रोकाउनेछ। अनि एकजना विध्वंशक आउनेछ। उसले डरलाग्दो विनाशक कर्महरू गर्नेछ। तर परमेश्वरले त्यस विध्वंशको ध्वंशका निम्ति आदेश दिइसक्नु भएकोछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 धेरै जनासित एक ‘सात’ को लागि तिनले एउटा करारको सदर गर्नेछन्‌। ‘सात’ को बीचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन्‌। अनि मन्‍दिरको एक भागमा तिनले विनाशकारी घृणित थोक खड़ा गर्नेछन्, जबसम्‍म तिनीमाथि आदेश गरिएको अन्‍त खन्‍याइनेछैन।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 त्‍यस राजाले सात वर्षसम्‍म धेरै मानिसहरूसित दह्रो सम्‍झौता राख्‍नेछ र त्‍यसको साढे तीन वर्ष बितेपछि त्‍यसले सबै बलिदान र भेटीहरू चढाउन बन्‍द गरिदिनेछ। मन्‍दिरको सबैभन्दा उच्‍च भागमा भयानक नाशकर्ताको मूर्ति राखिनेछ। त्‍यो मूर्ति त्‍यहाँ राख्‍ने मानिसले परमेश्‍वरबाट त्‍यसको निम्‍ति तयार पारिएको विनाश नभेटुञ्‍जेल त्‍यो मूर्ति त्‍यहीँ रहनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसले एक ‘सात’ सम्मको निम्ति धेरैसँग एउटा करार पक्‍का गर्नेछ। त्यस ‘सात’ को बीच भागमा त्यसले बलिदान र भेटीको अन्त्य गरिदिनेछ। मन्दिरको एक भागमा त्यसले उजाड पार्ने घृणित कुरा खडा गर्नेछ, जबसम्म तोकिएको अन्त्यको समय त्यसमाथि खन्याइदैन।”

See the chapter Copy




दानिएल 9:27

Follow us:

Advertisements


Advertisements