दानिएल 9:23 - पवित्र बाइबल23 जब तिमीले आफ्नो बिन्ती शुरू गरिरहेका थियौ तब एउटा वचन आयो। म तिमीलाई त्यही दिनलाई आएको छु, किनभने तिमी अति प्रिय मानिस छौ। त्यो वचन राम्ररी विचार गर, त्यस दर्शनलाई विचार गर। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 तिमीले प्रार्थना गर्न थाल्ने बित्तिकै प्रार्थनाको उत्तर दिइयो, जुनचाहिँ तिमीलाई बताउन म आएको छु, किनकि तिमी अति सम्मानित छौ। त्यसकारण सन्देशलाई विचार गर र दर्शन बुझ। See the chapterसरल नेपाली पवित्र बाइबल23 जब तिमीले परमेश्वरसित अर्जबिन्ती गर्न थाल्यौ, उहाँले तिमीलाई जवाफ दिनुभयो। उहाँले तिमीलाई प्रेम गर्नुहुन्छ। यसकारण म तिमीलाई परमेश्वरको उत्तर दिनलाई आएको छु। अब मैले त्यस दर्शनको अर्थ खोलिदिँदा ध्यानसित सुन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिमीले प्रार्थना सुरु गर्न थाल्ने बित्तिकै एउटा आज्ञा दिइयो, जुन आज्ञा म तिमीलाई भन्न आएको छु; किनकि तिमी धेरै सम्मानित छौ। यसकारण वचनमाथि विचार गर र दर्शनलाई बुझ: See the chapter |