दानिएल 8:5 - पवित्र बाइबल5 मैले उत्तर, पश्चिम अनि दक्षिणमा चीजहरूमा त्यो भेंडा़का सिँगहरू ठोकिँदै गरेको देखें। अनि अरू पशु यसको छेउमा उभिन सकेनन्। अनि कसैले तिनीहरूलाई यसको शक्तिबाट बचाउन सकेनन्। यसले आफ्नो क्षमता आफूले चाहे जस्तै देखायो। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 जसै मैले यसबारे विचार गर्दैथिएँ, अचानक आँखाहरूका बीचमा एउटा विशेष सीङ भएको एउटा बोका जमिनलाई नछोइकन पूरा पृथ्वीलाई पार गर्दै पश्चिमबाट आयो। See the chapterसरल नेपाली पवित्र बाइबल5 त्यसको अर्थ के होला भनी मैले जब अचम्म मानिरहेको थिएँ, तब पश्चिम दिशाबाट एउटा बोको हानिएर आयो। त्यो बोको यति वेगले आयो कि त्यसको खुट्टाले भूइँ छोएको थिएन। त्यसका आँखाका बीचमा एउटा विशेष सिङ थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब मैले यस दर्शनको बारेमा विचार गरिरहेको थिएँ, तब अचानक एउटा बोका पश्चिमबाट आयो; त्यस बोकाको आँखाहरूको बीचमा एउटा विशेष सिङ थियो, र त्यो भुइँलाई नछोइकन पूरा पृथ्वी पार गर्दै आयो। See the chapter |