दानिएल 8:25 - पवित्र बाइबल25 “त्यसको मन निरन्तर क्रियाशील रहनेछ, र आफूले रचेको चतुर षड्यन्त्रमा त्यो सफल हुनेछ। त्यसले ठूला-ठूला युक्तिहरू रच्नेछ। तिनीहरूले नचिताएको समयमा त्यसले तिनीहरूमाथि धेरै विध्वंश ल्याउनेछ। त्यसले प्रधानहरूका प्रधानलाई पनि धाक दिनेछ तर कुनै मानिसको हात विनानै त्यो ढल्नेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 त्यसले छललाई सफल पार्नेछ र आफैलाई उच्च ठान्नेछ। जब तिनीहरूले सुरक्षाको महसूस गर्छन्, त्यसले धेरैलाई नष्ट गर्नेछ र राजकुमारहरूका राजकुमारको विरुद्धमा त्यो खड़ा हुनेछ। तापनि त्यो नष्ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा होइन। See the chapterसरल नेपाली पवित्र बाइबल25 त्यो चतुर हुनाले आफ्ना छली चालहरूमा सफल हुनेछ। त्यो घमण्डले फुलिनेछ र कुनै चेतावनी नदिई त्यसले धेरै मानिसहरूलाई नाश पार्नेछ। त्यसले सबैभन्दा महान् राजालाई समेत टेर्नेछैन; तर कुनै मानिसको शक्तिबिना नै त्यो नाश हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसले छललाई उन्नति हुन दिनेछ, र त्यसले मनमा आफूलाई अति उच्च ठान्नेछ। अनि तिनीहरूले सुरक्षित ठानेको बेला त्यसले धेरैलाई नाश गर्नेछ; अनि त्यो राजकुमारहरूका राजकुमारको विरुद्धमा खडा हुनेछ; तापनि त्यो नष्ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा चाहिँ होइन। See the chapter |