दानिएल 5:2 - पवित्र बाइबल2 दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 दाखमद्य पिउँदैगर्दा बेलसजर राजाले आफू, आफ्ना भारदारहरू, आफ्ना श्रीमतीहरू र रखौटीहरूले दाखमद्य पिउनलाई उनका पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँड़ाकुँड़ाहरू त्यहाँ ल्याउने हुकुम गरे। See the chapterसरल नेपाली पवित्र बाइबल2 त्यसरी पिइरहेका बेला बेलसजरले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका कचौराहरू र बटुकाहरू ल्याउने आज्ञा गरे। आफू र शासकहरू अनि आफ्ना स्वास्नीहरू र रखौटीहरूले मद्य पिउनको निम्ति उनले ती कचौराहरू र बटुकाहरू ल्याउने आज्ञा गरेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब बेलसजरले आफ्नो दाखमद्य पिइरहेका थिए, तब तिनले आफ्ना पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेका सुन र चाँदीका कचौराहरू भित्र ल्याउने हुकुम गरे, ताकि राजा र तिनका प्रमुख भारदारहरू, तिनका पत्नीहरू र उपपत्नीहरूले ती कचौराहरूबाट पिउन सकून्। See the chapter |