Online Bible

- Advertisements -




दानिएल 5:19 - पवित्र बाइबल

19 अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अघि डरले थरथर काम्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्राण लिन्थे वा जीउँदो राख्थे, पदोन्नति गरिदिन्थे वा पदाच्यूत गरिदिन्थे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 उहाँले उनलाई उच्‍च स्‍थान दिनुभएकोले र प्रत्‍येक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूले उनको डर र भय मान्‍थे। राजाले जसको प्राण लिन चाहन्‍थे, लिन्‍थे, जसलाई बाँकी राख्‍न चाहन्‍थे, राख्‍थे, जसलाई पदोन्‍नति गर्न चाहन्‍थे, पदोन्‍नति गर्थे, र जसलाई होच्‍याउन चाहन्‍थे, होच्‍याउँथे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 उनी यति महान् थिए कि जाति-जाति र कुल-कुलका अनि विभिन्‍न भाषा बोल्‍ने मानिसहरू उनको डर मान्‍दथे र थरथरी हुन्‍थे। उनले जसलाई मार्न चाहन्‍थे, त्‍यसलाई मार्थे र जसलाई जिउँदो राख्‍न चाहन्‍थे, त्‍यसलाई जिउँदै राख्‍थे। कसैलाई मान गर्नु वा नगर्नु, उहाँको हातमा थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 परमेश्‍वरले तिनलाई दिनुभएको उच्‍च दर्जाको कारण सबै मानिसहरू, हरेक भाषा बोल्ने सबै जातिका मानिसहरू तिनीसित थरथर काम्थे र भयभीत हुन्थे। राजाले जसलाई मार्न चाहन्थे, उसलाई मार्थे; तिनले जीवित छोड्न चाहेकाहरूलाई जीवित छोडिदिन्थे; तिनले पदोन्‍नति गरिदिन चाहेकाहरूलाई पदोन्‍नति गरिदिन्थे; अनि तिनले पदच्युत गर्न चाहेकाहरूलाई पदच्युत गरिदिन्थे।

See the chapter Copy




दानिएल 5:19

Follow us:

Advertisements


Advertisements