दानिएल 5:16 - पवित्र बाइबल16 मैले सुनें तिमीले यसको अर्थ खोल्न र व्याख्या गर्न सक्छौ अनि समस्याहरू हल गर्न सक्छौ। हेर, यदि तिमीले यो पढ्न सक्यौ अनि त्यसको व्याख्या गर्न सक्यौ भने तिमीलाई बैजनी वस्त्र अनि सुनको हार दिनेछु। साथै तिमी यस राज्यको दर्जामा तेस्रो मानिस गनिनेछौ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण16 अब मैले सुनेको छु कि तिमी अर्थ खोल्न र कठिन समस्याहरू समाधान गर्न सक्छौ। यदि तिमीले यो लेख पढ्न र यसको अर्थ बताउन सक्छौ भने, तिमीलाई बैजनी पोशाक पहिराइनेछ र गलामा सुनको सिक्री लगाइनेछ र राज्यमा तिम्रो स्थान तेस्रो हुनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल16 मैले अहिले सुनें कि तिमी गुप्त अर्थ खोल्न र रहस्यको भेद छुट्ट्याउन सक्दछौ। तिमीले यो लेखोट पढेर त्यसको अर्थ मलाई बताउन सक्यौ भने तिमीलाई बैजनी राज-पोशाक पहिराइनेछ, तिम्रो गलामा सम्मानको सुनको सिक्री लगाइनेछौ र देशभरि तिमी दर्जामा तेस्रो गनिनेछौ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अब मैले सुनेको छु; तिमीले अर्थ खोल्न सक्छौ र कठिन समस्याहरूको हल गर्न सक्छौ। यदि तिमीले यो लेखोट पढ्न सक्यौ र मलाई यसको अर्थ बताउन सक्यौ भने तिमीलाई बैजनी रङ्गको वस्त्र पहिराइनेछ, र तिम्रो गलामा सुनको हार लगाइदिइनेछ; अनि तिमीलाई यस राज्यको सर्वोच्च शासकको तेस्रो दर्जा दिइनेछ।” See the chapter |