दानिएल 5:11 - पवित्र बाइबल11 तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तपाईंको राज्यमा एक जना मानिस छन्, जोसँग पवित्र देवताहरूका आत्मा छ। तपाईंका पिताको पालोमा उनमा देवताको जस्तै अन्तर्दृष्टि, ज्ञान र बुद्धि पाइएको थियो। तपाईंका पिता राजा नबूकदनेसरले उनलाई जादूगरहरू, मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेका प्रमुख नियुक्त गर्नुभएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल11 तपाईंको राज्यमा एउटा मानिस छन्, जोसित पवित्र परमेश्वरका आत्मा छन्। तपाईंको बुबा राजा छँदा यी मानिसले असल विचार-शक्ति, ज्ञान र ईश्वरको जस्तै बुद्धि देखाएका थिए। तपाईंको बुबा राजा नबूकदनेसरले उनलाई ज्योतिषी, जादूगर र तन्त्र-मन्त्र गर्नेहरूका प्रधान बनाएका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हजुरको राज्यमा एक जना मानिस छन्, जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरको बुबाको समयमा उनमा देवताहरूका जस्तै अन्तर्दृष्टि, समझशक्ति र बुद्धि भेट्टाइएको थियो। हजुरको बुबा राजा नबूकदनेसरले उनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूका प्रमुख तुल्याउनुभएको थियो। See the chapter |