दानिएल 4:33 - पवित्र बाइबल33 फेरि तुरून्तै यो घटना घट्यो, नबूकदनेस्सर मानिसहरूबाट निकालिए, उनले गाईले जस्तो घाँस खान थाले र उनको शरीर आकाशको शीतले भिज्यो, उनको कपाल लामो, गीद्धको प्वाँख जस्तो भयो अनि उनको नङ्ग्राहरू चीलका नङ्गा जस्तै लामा लामा भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 नबूकदनेसरको बारेमा जो कुरो भनिएको थियो, तुरुन्तै पूरा भयो। उनी मानिसहरूबाट धपाइए र उनले गाईबस्तुले झैँ घाँस खान थाले। उनको रौँ चीलका प्वाँखजस्तै र उनका नङहरू चराका नङ्ग्राहरूजस्तै नहोउञ्जेल उनको शरीर आकाशको शीतले भिज्यो। See the chapterसरल नेपाली पवित्र बाइबल33 ती कुरा तुरुन्तै पूरा भए। नबूकदनेसर मानव-समाजबाट धपाइए र तिनले गोरुले झैँ घाँस खान थाले। शीत उनको जिउमा पर्यो र उनका केश चिलका प्वाँखझैँ र नङ्ग चराका नङ्ग्राझैँ लामा-लामा भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 नबूकदनेसरको बारेमा जे कुरा भनिएको थियो, त्यो तुरुन्तै त्यही घडी पूरा भयो। राजा मानिसहरूबाट धपाइए र तिनले गाईबस्तुले झैँ घाँस खाए। तिनको केश चीलका प्वाँखहरूझैँ लामा र तिनका नङहरू चराका नङ्ग्राहरूजस्ता लामा नभएसम्म तिनको शरीरलाई आकाशका शीतले भिजाइरहे। See the chapter |