दानिएल 4:32 - पवित्र बाइबल32 तपाईंलाई मानिसहरूबाट निस्कासित गरिनेछ। तपाईं जङ्गली पशुहरूसँग बस्नु पर्नेछ अनि गाईले झैं घाँस खानुहुनेछ। सात बर्ष सम्म यो चलिरहनेछ जब सम्म तपाईंले यो बुझ्नुहुँदैन कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ। अनि उहाँले जसलाई चाहनुहुन्छ उसलाई राज्य दिनुहुन्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण32 तँ मानिसहरूबाट धपाइनेछस् र जङ्गली पशुहरूसित बस्नेछस्, तैंले गाईबस्तुले झैँ घाँस खानेछस्। तेरो लागि सात काल बित्नेछ, जबसम्म तैंले यो स्वीकार गर्दैनस् कि मानिसहरूका राज्यमाथि सर्वोच्चकै सर्वाधिकार छ र उहाँले इच्छा गर्नुभएको कसैलाई पनि ती राज्यहरू दिनुहुन्छ।” See the chapterसरल नेपाली पवित्र बाइबल32 मानव-समाजबाट तँ धपाइनेछस् र जङ्गली जनावरहरूसित बास गर्नेछस् र सात वर्षसम्म गोरुले झैँ घाँस खानेछस्। त्यसपछि सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यमाथि अधिकार गर्नुहुन्छ र ती राज्यहरू आफूले चुनेको कुनै पनि मानिसको हातमा उहाँले दिनुहुन्छ भनी तैँले स्वीकार गर्नेछस्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तँ मानिसहरूबाट धपाइनेछस्, र जङ्गली जनावरहरूसित बस्नेछस्; तैँले गाईबस्तुले झैँ घाँस खानेछस्। सर्वोच्च परमेश्वर नै पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ, र उहाँले आफूले इच्छा लागेका जोसुकैलाई पनि ती राज्य दिन सक्नुहुन्छ भनेर तैँले स्वीकार नगरेसम्म सात काल बितिजानेछन्।” See the chapter |