दानिएल 4:23 - पवित्र बाइबल23 “अब तपाईंले एकजना पवित्र स्वर्गबाट स्वर्गदूत तल झर्दै गरेको देख्नु भयो? त्यसले भन्यो, ‘त्यस रूखलाई काटेर नष्ट गरिदेऊ, तर त्यसको ठुटा जरासँगै भूइँमानै छोडिदेऊ जुन तिमीले भूइँमा छोडेको थियौ त्यसलाई फलाम र काँसाको साङ्गलोले बाँध अनि खेतमा घाँसहरूको बीच छोडिदेऊ। आकाशको शीतले भिजोस र त्यसको भाग जङ्गलको पशुहरूसँग होस्। यो हालतमा सात साल बित्नेछ।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण23 “हे महाराजा, हजूरले एक समाचारवाहक, एक पवित्र जनलाई स्वर्गबाट तल झर्दै र यसो भन्दैगरेको देख्नुभयो, ‘त्यस रूखलाई काटेर नष्ट गरिदे, तर खेतको घाँसमा फलाम र काँसाले बाँधिएको अवस्थामा ठुटोचाहिँ छोड़िदे, जब कि त्यसका जराहरू जमिनमा नै रहन्छन्। आकाशको शीतले त्यो भिजोस्, त्यसको लागि सात काल नबितुञ्जेल त्यो जङ्गली जनावरहरूजस्तै भएर जिओस्।” See the chapterसरल नेपाली पवित्र बाइबल23 महाराजाले हेरिरहनुभएको बेला स्वर्गबाट एउटा पवित्र स्वर्गदूत आएर भने, ‘त्यो रूख काटेर ढालिदे तर त्यसको ठुटाचाहिँ जमिनमा नै छोडिदे। त्यसलाई फलाम र काँसाको साङ्लाले बाँध र मैदानमा घाँसको बीचमा छोडिदे। त्यो मानिसमाथि आकाशको शीत परोस् र त्यहाँ त्यो जनावरहरूसित सात वर्षसम्म बास बसोस्।’ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हे महाराजा, हजुरले एक पवित्र जन, एक स्वर्गदूतलाई स्वर्गबाट तल ओर्लिरहेका देख्नुभयो, जसले यसो भनिरहेका थिए, “रूखलाई काटेर ढालिदे, र त्यसलाई नाश गरिदे, तर रूखको ठुटालाईचाहिँ फलाम र काँसाले बाँधेर मैदानको घाँसमा छोडिदे; अनि त्यसका जराहरूचाहिँ जमिनमै रहून्। त्यसलाई आकाशको शीतले भिजाओस्; त्यसको निम्ति सात काल नबितेसम्म त्यो जङ्गली जनावरहरूका बीचमा जनावरहरूजस्तै भएर बास बसोस्।” See the chapter |