Online Bible

- Advertisements -




दानिएल 4:18 - पवित्र बाइबल

18 “नबूकदनेस्सरले भने, मैले देखेको सपना यही हो। म राजा नबूकदनेस्सरले अब तिमी बेलतसजरले (दानियल), सपनाको अर्थ भन कारण मेरो राज्यको कुनै पनि बुद्धिमानी मानिसले यो सपनाको अर्थ व्याख्या गर्न सक्ने छैन। तर बेलतसजर (दानियल) तिमीले यो सपनाको अर्थ व्याख्या गर्न सक्छौ कारण तिमीमा देवताहरूको आत्मा रहेकोछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 “म राजा नबूकदनेसरले देखेको सपना यही हो। अब हे बेलतसजर, यसको अर्थ मलाई बताइदेऊ, किनभने मेरो राज्‍यमा भएका ज्ञानी पुरुषहरूमध्‍ये कसैले पनि यसको अर्थ मलाई बताउन सक्‍दैन। तर तिमीले सक्‍छौ, किनभने पवित्र देवताहरूका आत्‍मा तिमीमा छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 “नबूकदनेसर राजाले भने, “मैले देखेको सपना यही हो। अब ए बेलतसजर, मलाई त्‍यसको अर्थ खोलिदेऊ। मेरा राजदरबारका कुनै सल्‍लाहकारले त्‍यसको अर्थ खोल्‍न सकेन, तर तिमीले सक्‍नेछौ किनभने पवित्र परमेश्‍वरका आत्‍मा तिमीमा छन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “म, राजा नबूकदनेसरले यही सपना देखेको हुँ। अब, हे बेलतसजर, यसको अर्थ के हो, सो मलाई बताइदेऊ; किनकि मेरा राज्यका कुनै पनि बुद्धिमान् मानिसले मेरो निम्ति सपनाको अर्थ खोलिदिन सक्दैनन्। तर तिमीले चाहिँ अर्थ खोल्न सक्छौ; किनकि तिमीभित्र पवित्र देवताहरूको आत्मा छ।”

See the chapter Copy




दानिएल 4:18

Follow us:

Advertisements


Advertisements