दानिएल 3:25 - पवित्र बाइबल25 तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडेको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण25 उनले भने, “हेर त, आगोभित्र चार जना मानिसहरू वरिपरि हिँड़िरहेका देख्दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्छन्, र त्यो चौथोचाहिँ देवताहरूको पुत्रजस्तै देखिन्छ।” See the chapterसरल नेपाली पवित्र बाइबल25 राजाले सोधे, “त्यसो भए, मैले कसरी त्यस आगोमा चार जना हिँडिरहेका देख्दै छु? तिनीहरूका बन्धन फुकेका छन् र तिनीहरूलाई कुनै पनि चोट-पटक लागेको छैन र चौथो व्यक्तिचाहिँ ईश्वरको छोराजस्तो पो देखिन्छ त!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 राजाले भने, “हेर त! म चार जना मानिसहरू कुनै हानि नभई फुक्का भएर वरिपरि हिँडिरहेका पो देख्दैछु; अनि चौथोचाहिँ ईश्वरको पुत्रजस्तै देखिन्छ।” See the chapter |