Online Bible

- Advertisements -




दानिएल 3:24 - पवित्र बाइबल

24 त्यस पछि राजा नबूकदनेस्सर छक्क परे र साह्रै उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौ?” तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज!”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यसपछि राजा नबूकदनेसरले आश्‍चर्यचकित हुँदै उफ्रेर आफ्‍ना सल्‍लाहकारहरूलाई सोधे, “के हामीले बाँधेर आगोमा फालेका तीन जना मानिसहरू होइनन्‌ र?” उनीहरूले जवाफ दिए, “निश्‍चय नै हो, महाराजा।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 नबूकदनेसरले अचम्‍म मान्‍दै अचानक उफ्रेर खडा भए। तिनले भारदारहरूलाई सोधे, “के हामीले तीन जनालाई बाँधेर आगोको भट्टीमा फालेका होइनौं?” तिनीहरूले जवाफ दिए, “हो महाराज! हामीले त्‍यसै गरेका थियौं।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 त्यसपछि राजा नबूकदनेसर आश्‍चर्यचकित हुँदै हतार-हतार आफ्ना सल्‍लाहकारहरूलाई सोधे, “के हामीले तीन जना मानिसहरूलाई बाँधेर आगोभित्र फ्याँकिदिएका होइनौँ र?” तिनीहरूले जवाफ दिए, “हजुर, हे महाराजा, अवश्य हो।”

See the chapter Copy




दानिएल 3:24

Follow us:

Advertisements


Advertisements