दानिएल 2:41 - पवित्र बाइबल41 “अनि तपाईंले खुट्टा र औंलाको केही भाग फलामको देख्नु भए झैं त्यो एउटा विभाजित राज्य हुनेछ। तर पनि दर्शनमा तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं त्यसमा फलाम बलियो रहने छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण41 हजूरले यसका खुट्टा र औँलाहरू केही माटोले, केही फलामले बनेका देख्नुभएझैँ यो विभाजित राज्य हुनेछ, तैपनि यसमा केही मात्रामा फलामको बल हुनेछ, जसरी हजूरले फलाम माटोसित मिसिएको देख्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल41 हजुरले खुट्टा र त्यसका औँलाहरू केही फलाम र केही माटा मिलेर बनेका पनि देख्नुभयो। त्यसको अर्थ यो हो कि त्यो एउटा टुक्रा-टुक्रा भएको साम्राज्य हुनेछ। त्यसमा केही मात्रामा फलामको बल रहनेछ किनभने दर्शनमा फलाम माटोसित मिसिएको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तपाईंले खुट्टा र औँलाहरूका केही भाग माटो र केही भाग फलामले बनिएको देख्नुभएजस्तै त्यो विभाजित राज्य हुनेछ; तापनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै त्यस राज्यमा फलामको केही शक्ति रहनेछ। See the chapter |