दानिएल 2:35 - पवित्र बाइबल35 त्यो फलाम, माटो, काँसा, चाँदी र सुन सबै चक्नाचूर भए, अनि ग्रीष्म ऋतुमा खलाबाट भूस उडाए झै नाउँ निशानै नराखी हावाले उडाएर लग्यो। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्गा बढ्दै गयो अनि एउटा ठूलो पहाड बनिएर पृथ्वीलाई ढाक्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण35 त्यसपछि त्यो फलाम, काँसो, चाँदी र सुन सबै एकै चोटि धूलोपीठो भए, र ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाबाट भुसलाई उड़ाएझैँ बतासले त्यसलाई नाउँनिशानै नहुने गरी उड़ाएर लग्यो। तर त्यस सालिकलाई हान्ने त्यो ढुङ्गा बढ्दैगएर ठूलो पहाड़ बन्यो र पूरै पृथ्वीलाई ढाकिदियो। See the chapterसरल नेपाली पवित्र बाइबल35 तुरुन्तै फलाम, माटो, काँसा, चाँदी र सुन जम्मै चकनाचुर भए र ती ग्रीष्मकालमा खलामा उडेको भुसझैँ धुलैधुलो भए। ती धूला बतासले उडाएर लग्यो र त्यसका नाम-निशानै रहेन। तर त्यो मूर्तिलाई लागेको ढुङ्गाचाहिँ बढ्दै गएर एउटा पहाड बनियो र त्यसले सारा पृथ्वी ढाक्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यसपछि एकै पटकमा त्यो फलाम, माटो, काँसा, चाँदी र सुन टुक्रा-टुक्रा भए र ग्रीष्म ऋतुमा अन्न झार्ने खलामा भएको भुसझैँ भइहाले। अनि तिनीहरूलाई बतासले नामनिशानै नरहने गरी उडाएर लग्यो। तर त्यस मूर्तिलाई प्रहार गर्ने त्यो ढुङ्गाचाहिँ एउटा विशाल पर्वत भयो, र सारा पृथ्वीलाई नै ढाकिदियो। See the chapter |