दानिएल 2:10 - पवित्र बाइबल10 कल्दीहरूले राजालाई उत्तर दिँदै भने, “हे महाराज, तपाईंले जे भन्नु हुँदैछ त्यो गर्न सक्ने मानिस यस पृथ्वीमा केही छैन। कुनै पनि राजा, ऊ जति नै महान अथवा शक्तिशाली होस् उसले कहिले पनि ज्ञानी अथवा जादुवाला अथवा कल्दीहरूलाई यस्तो कर्म गर्न लगाएको छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 ज्योतिषीहरूले राजालाई उत्तर दिए, “महाराजाले भन्नुभएको कुरा गर्न सक्ने पृथ्वीमा कोही छैन। जति महान् र शक्तिशाली भए पनि कुनै राजाले कुनै जादूगर वा मन्त्रतन्त्र गर्ने वा ज्योतिषीहरूसँग यस्तो कुरा कहिल्यै माग गरेका छैनन्। See the chapterसरल नेपाली पवित्र बाइबल10 ती सल्लाहकारहरूले जवाफ दिए, “महाराजाले जे जान्न चाहनुहुन्छ, त्यो बताउने यस धर्तीमा कुनै मानिस छैन। कुनै महान्भन्दा महान् र सर्वशक्तिमान् राजाले पनि आफ्ना ज्योतिषीहरू, जादूगरहरू र टुना-मुना जान्नेहरूबाट यस्तो कुरो कहिल्यै मागेका थिएनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 ती ज्योतिषीहरूले राजालाई जवाफ दिए, “राजाले भन्नुभएको कुरा गर्न सक्ने मानिस पृथ्वीमा एउटै पनि छैन! राजा जतिसुकै महान् र शक्तिशाली भए तापनि कुनै पनि जादुगर अथवा तन्त्रमन्त्र गर्ने अथवा ज्योतिषीलाई यस्तो कुरा कहिल्यै पनि सोधेका थिएनन्। See the chapter |