दानिएल 12:7 - पवित्र बाइबल7 त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरूद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनें। उसले भन्यो, “यो साँढे तीन बर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुन्छन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण7 त्यस नदीका पानीमाथि हुने मलमलको लुगा लगाएका मानिसले आफ्नो दायाँ हात र बायाँ हात स्वर्गतिर उठाए, र सदासर्वदा रहनुहुनेको नाममा यसो भनेर तिनले शपथ खाएका मैले सुनें, “यो साढ़े तीन वर्षका निम्ति हुनेछ। जब पवित्र जनहरूको शक्ति अन्तमा: तोड़िनेछ, तब यी सबै कुरा पूरा हुनेछन्।” See the chapterसरल नेपाली पवित्र बाइबल7 उनले आफ्ना दुवै हात आकाशतिर उचाले र अनन्त परमेश्वरको नाममा एउटा गम्भीर प्रतिज्ञा गरे। मैले उनले यसो भन्दैगरेको सुनें, “साढे तीन वर्ष लाग्नेछ। जब यी सबै कुरा भइसकेका हुनेछन्; तब परमेश्वरको प्रजामाथिको अत्याचारको पनि अन्त्य हुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 सुतीको लुगा लगाएका मानिस, जो नदीका पानीहरूमाथि उभिएका थिए, तिनले आफ्नो दाहिने हात र देब्रे हात स्वर्गतिर उठाए; अनि तिनले सदा जीवित रहनुहुनेको नाममा शपथ खाँदै यसो भनिरहेका मैले सुनेँ, “यो एक समय, दुई समयहरू, र आधा समयको निम्ति हुनेछ। जब पवित्र जातिको शक्ति पूर्ण रूपमा अन्त्य हुनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन्।” See the chapter |