दानिएल 11:4 - पवित्र बाइबल4 शक्तिशाली राजा आए पछि त्यसको राज्य टुक्रा-टुक्रा हुनेछ। उसको राज्य संसारको चार भागमा बाँडिनेछ। उसको राज्य उसको नातीहरूमा बाँडिनेछैन, जुन शक्ति उसमा थियो, त्यो उसको राज्यमा हुने छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 उनी खड़ा भएपछि, उनको साम्राज्य टुक्रिनेछ र स्वर्गका चार बतासतिर बाँड़िनेछ। त्यो उनका सन्तानहरूले पाउनेछैनन्, न त उनले चलाएको अधिकार त्यसको हुनेछ, किनभने उनको साम्राज्य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल4 तर उनी शक्तिशाली हुनासाथ उनको राज्य टुक्रा-टुक्रा भएर चार भागमा बाँडिनेछ। उनका सन्तानले होइन तर अरूले उनको सट्टामा राज गर्नेछन् तर तिनीहरूको शक्ति उनको जस्तो हुनेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब तिनी शक्तिशाली हुनसाथ तिनको राज्य टुक्रिनेछ, र आकाशका चारै दिशाका बतासहरूजस्तै चार भागमा विभाजित भएर जानेछ। त्यो राज्य तिनका सन्तानहरूकहाँ जानेछैन, न त तिनको जस्तो शक्ति सन्तानहरूमा हुनेछ; किनकि तिनको साम्राज्य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ। See the chapter |