Online Bible

- Advertisements -




दानिएल 11:2 - पवित्र बाइबल

2 “अब म तिमीलाई साँच्चो कुरा बताउँदैछु। तीनजना राजाहरूले फारसमा शासन गर्ने छन्। त्यसपछि चौथो राजा आउनेछन्, तिनी आफूभन्दा अघिका राजाहरू भन्दा धनी हुनेछन्। तिनी यूनान राज्यको विरोधमा प्रत्येकलाई उक्साउनका निम्ति शक्ति प्राप्त गर्नलाई आफ्नो सम्पत्ति प्रयोग गर्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “अब म तिमीलाई सत्‍य कुरा बताउँछु: फारसका अरू तीन राजाहरू देखा पर्नेछन्‌ र त्‍यसपछि ती सबैभन्‍दा धनी अर्का चौथा पनि निस्‍कनेछन्‌। जब उनले आफ्‍नो सम्‍पत्तिद्वारा शक्ति प्राप्‍त गर्नेछन्, उनले सबैलाई ग्रीस राज्‍यको विरुद्ध उक्‍साउनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 म तिमीलाई जे भन्‍न लागिरहेको छु, त्‍यो सत्‍य हो।” स्‍वर्गदूतले भने, “अरू तीन जना राजाले फारसमाथि राज्‍य गर्नेछन्। त्‍यसपछि एउटा चौथो राजा हुनेछन्, जो अरूहरू सबैभन्दा ज्‍यादा धनी हुनेछन्। यसरी धेरै धन पाएर उनी शक्तिशाली भई उनले ग्रीस राज्‍यलाई चुनौती दिन सबैलाई उक्‍साउनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “अब म तिमीलाई सत्य कुरा बताउँछु: परसीयामा अझ तीन जना राजाहरू खडा हुनेछन्; त्यसपछि चौथो राजा पनि खडा हुनेछन्, जोचाहिँ अरू सबै राजाहरूभन्दा धेरै धनी हुनेछन्। जब तिनले आफ्नो धनले शक्ति प्राप्‍त गर्नेछन्, तब तिनले हरेकलाई ग्रीसको विरुद्धमा सुर्‍याउनेछन्।

See the chapter Copy




दानिएल 11:2

Follow us:

Advertisements


Advertisements