Online Bible

- Advertisements -




दानिएल 10:19 - पवित्र बाइबल

19 त्यसपछि उनले भने, “प्रिय मानिस, नडराऊ! बलियो होऊ।” जब उनी मसँग बोलिसक्नु भयो, मैले शक्ति पाएँ अनि भनें, “महाशय, दया गरी बोल किनभने तपाईंले मलाई बल दिए।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 तिनले भने, “उच्‍च सम्‍मान गरिएका हे मानिस, नडराऊ। तिमीलाई शान्‍ति होस्, अब तिमी बलिया होऊ, बलिया होऊ।” जब तिनी मसँग बोले, मैले बल पाएँ र भनें, “मेरा प्रभु, बोल्‍नुहोस्, किनभने हजूरले मलाई बल दिनुभएको छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 उनले भने, “परमेश्‍वरले तिमीलाई प्रेम गर्नुहुन्‍छ। तिमी नडराऊ, तिमीलाई शान्‍ति होस्, बलियो र साहसी होऊ।” उनले त्‍यसो भनेपछि म अझै बलियो भएँ। मैले भनें, “हजुर, भन्‍नुहोस्। तपाईंले मलाई बल दिनुभएको छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि तिनले भने, “हे अति सम्मानित मानिस, नडराऊ! तिमीलाई शान्ति होस्! अब बलियो होऊ; साहसी होऊ।” जब तिनी मसँग बोले, तब मैले बल पाएँ, र तिनलाई भनेँ, “मेरा प्रभु, मसँग बोल्नुहोस्; किनकि हजुरले मलाई बल दिनुभएको छ।”

See the chapter Copy




दानिएल 10:19

Follow us:

Advertisements


Advertisements