Online Bible

- Advertisements -




कलस्सी 3:22 - पवित्र बाइबल

22 सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरूलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरू प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किनकि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 कमारा हो, प्रत्‍येक कुरामा यस संसारका आफ्‍ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्‍याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 कमाराहरू हो, तिमीहरूले आफ्‍ना मालिकहरूले भनेका सबै कुराहरू मान। मालिकलाई खुसी पार्ने विचारले मात्र आँखाका सामु होइन तर प्रभुको डर राखेर सोझो मनले काम गर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 हे सेवकहरू हो, प्रत्येक कुरामा तिमीहरूका सांसारिक मालिकहरूको आज्ञापालन गर; हरेक कुरामा उनीहरूले देख्दा निगाह पाउनालाई मात्र होइन, तर हृदयको इमानदारीताको साथ परमेश्‍वरलाई श्रद्धा गर्दै हरेक कुरामा तिनीहरूका आज्ञापालन गर।

See the chapter Copy




कलस्सी 3:22

Follow us:

Advertisements


Advertisements