प्रेरित 9:40 - पवित्र बाइबल40 पत्रुसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले घुँडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी तबीताको मृतशरीरपट्टी फर्किए र भने, “तबीता जुरूक्क उठ!” उनले आँखाहरू खोलिन्। जब तिनले पत्रुसलाई देखिन्, तिनी उठेर बसिन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण40 तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्। See the chapterसरल नेपाली पवित्र बाइबल40 पत्रुसले तिनीहरू सबैलाई कोठाबाट बाहिर निकालेर घुँडा टेकी प्रार्थना गरे। त्यसपछि उनले लाशतिर फर्केर भने, “ए तबीता, उठ!” तिनले आँखा उघारिन् र पत्रुसलाई देखी उठेर बसिन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण40 त्यस कोठाभित्र भएका सबैलाई पत्रुसले बाहिर पठाए। त्यसपछि उनले घुँडा टेकेर प्रार्थना गरे। मरेकी स्त्रीतिर फर्केर उनले भने, “तबीता, उठ!” अनि तिनले आफ्ना आँखाहरू खोलिन्, र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन्। See the chapter |