प्रेरित 9:38 - पवित्र बाइबल38 जोप्पामा भएका चेलाहरूले पत्रुस लिड्डामा थियो भन्ने सुने। लिड्डा जोप्पाको छेउमा थियो। यसर्थ तिनीहरूले पत्रुसकहाँ दुइजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, “दया गरेर हामी भएको ठाउँमा छिटो आउनुहोस्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण38 लुड्डा योप्पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्यहाँ छन् भन्ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्तो बिन्ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्।” See the chapterसरल नेपाली पवित्र बाइबल38 योप्पा लुड्डादेखि धेरै टाढा पर्दैनथ्यो र पत्रुस लुड्डामा छन् भन्ने कुरा चेलाहरूले थाहा पाए। तिनीहरूले दुई जना मानिसहरूलाई पत्रुसकहाँ यसो भनी पठाए, “दया गरी हामीकहाँ चाँडै आइदिनुहोस्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण38 लिड्डाचाहिँ योप्पाको नजिकै थियो। त्यसैले चेलाहरूले पत्रुस लिड्डामा भएको सुनेर तिनीहरूले दुई जनालाई तिनीकहाँ पठाएर अनुरोध गरे, “कृपया तुरुन्तै आउनुहोस्।” See the chapter |