प्रेरित 7:45 - पवित्र बाइबल45 तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेद्नु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण45 हाम्रा पुर्खाहरूले पनि उनीहरूको पालोमा अन्यजातिहरूको देश अधिकारमा ल्याउँदा यहोशूको साथमा त्यो तम्बू ल्याए। दाऊदको पालोसम्मै त्यो त्यहीँ रह्यो। See the chapterसरल नेपाली पवित्र बाइबल45 परमेश्वरले यो देशमा बस्ने अरू जातिका मानिसहरूलाई खेद्नुभयो र यहोशूले यो देश जितेर लिंदा उनीहरूले त्यो पवित्र पाल यस देशमा ल्याए। त्यसपछि राजा दाऊदको पालासम्म त्यो पवित्र पाल उनीहरूसँगै रहिरह्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण45 त्यो पाल प्राप्त गरेपछि यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दावीदको समयसम्म त्यो पाल त्यहीँ रह्यो। See the chapter |