प्रेरित 4:32 - पवित्र बाइबल32 विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण32 विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए। See the chapterसरल नेपाली पवित्र बाइबल32 प्रभुमा विश्वास गर्नेहरू सबै एउटै मन र एउटै तनका भएका थिए। तिनीहरूमा कसैले पनि कुनै चीज ‘यो मेरो हो’ भनेर भन्दैनथे। तर तिनीहरूसँग भएका सबै कुरा सबैले साझा सम्झन्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण32 सबै विश्वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे। See the chapter |