प्रेरित 4:24 - पवित्र बाइबल24 जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने, “हे प्रभु, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो, See the chapterसरल नेपाली पवित्र बाइबल24 यस्तो कुरा सुनेपछि तिनीहरू सबै मिलेर परमेश्वरसँग यसरी प्रार्थना गर्न लागे, “हे सर्वशक्तिमान् प्रभु परमेश्वर, आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्च सोरमा परमेश्वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्टि गर्नुभयो। See the chapter |