प्रेरित 3:22 - पवित्र बाइबल22 मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। ऊ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल22 मोशाले पनि यसरी भनेका थिए– परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति तिमीहरूकै जातिबाट मजस्तै एउटा अगमवक्ता पठाइदिनुहुनेछ, उहाँले भन्नुहुने सबै कुरा तिमीहरूले सुन्नुपर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्नुपर्छ। See the chapter |