प्रेरित 24:2 - पवित्र बाइबल2 पावललाई सभामा डाकियो अनि तर्तुल्लसले उनको विरुद्ध यसो भन्दै मुद्दा पेश गर्न थाले, “महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंकै दूर-दर्शिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 पावल त्यहाँ झिकाइएपछि तर्तुल्लसले तिनलाई यसो भन्दै अभियोग लाउन थाले, “अति माननीय फेलिक्स, हजूरबाट हामीले ठूलो शान्ति भोग गर्दैछौं, र हजूरले यस जातिको निम्ति सुधारहरू सुरु गर्नुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 पावललाई बडा-हाकिमका अगाडि ल्याएपछि तर्तुल्लसले उनको विरोधमा यसरी वकालत गर्दै भने– “माननीय फेलिक्स, हजुर बुद्धिमान् बडा-हाकिम हुनुहुन्छ र हामीमा सधैँ सुख-शान्ति छ। हाम्रो देशको भलाइको लागि हुनुपर्ने सुधार पनि श्रीमान्को अनुग्रहले गर्दा भइ नै रहेको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब पावल त्यहाँ बोलाइए, तर्तुल्लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौँ र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ। See the chapter |