प्रेरित 23:5 - पवित्र बाइबल5 पावलले भने, “दाज्यू-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब पावलले भने, “भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन। किनकि लेखिएको छ, ‘तैंले आफ्ना जनताका शासकको खराबी नबोल्नू’।” See the chapterसरल नेपाली पवित्र बाइबल5 पावलले भने, “दाजुभाइहरू हो, उहाँ नै प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थिएन। आफ्ना मानिसहरूमाथि अधिकार गर्ने प्रधानको विरोधमा नराम्रो कुरा बोल्नुहुँदैन भन्ने धर्मशास्त्रमा लेखिएको त्यो कुरा म जान्दछु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरू हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘आफ्ना मानिसहरूका शासकलाई नसराप्नू।’ ” See the chapter |