प्रेरित 20:3 - पवित्र बाइबल3 उनी त्यहाँ तीन महीना बसे। उनी समुद्रयात्राबाट सिरिया जान ठीकठाक पर्दैथे, तर उनको विरुद्धमा केही यहूदीहरूले षड्यन्त्रहरू रचेका थिए। यसैले पावलले म्यासिडोनिया भएर सिरिया जाने निर्णय लिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 त्यहाँ तिनले तीन महिना बिताए। तिनी सिरियातर्फ जहाजद्वारा यात्रा गर्न लाग्दा यहूदीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेका हुनाले पावलले माकेडोनिया भएरै फर्कने निश्चय गरे। See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यसपछि पावलले पानीजहाजबाट सोझै सिरिया इलाका जाने विचार गरे। यसरी जान लाग्दा यहूदीहरूले उनको विरोधमा जाल रच्दै छन् भन्ने कुरा उनले थाहा पाए। त्यसो हुँदा उनले पानीजहाजबाट नगई हिँडेर माकेडोनिया हुँदै जाने निधो गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यहाँ तिनी तीन महिनासम्म बसे। तिनी जहाजबाट सिरियातिर जान लागेकै बेलामा यहूदीहरूले उनको विरुद्धमा षड्यन्त्र रचेको तिनले थाहा पाएर म्यासिडोनिया हुँदै फर्कने निर्णय गरे। See the chapter |